काठमाण्डौ । अखिल नेपाल लेखक संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मंगलबार काठमाण्डौमा सम्पन्न सम्मेलनले अध्यक्षमा मुक्तान थेबालाई चयन गरेको छ ।
अखन्ड आलाप, मासिन्या जस्ता कृतिका लेखक मुक्तानको उन्मुक्त पुस्ताका एक सदस्य समेत हुन् । मुक्तान थेवा लगायतको आफर संयुक्त कवितासंग्रह समेत प्रकाशित छ ।
राष्ट्रिय महिला आयोग, सिंहदरवारको सभाकक्षमा सम्मेलन सम्पन्न भएको हो । कृष्ण सेन स्मृति दिवसको अवसरमा कार्यक्रम गरे लगत्तै संघको सम्मेलन भएको हो ।
सम्मेलनले उपाध्यक्षमा ममता सुर्खेती, महासचिवमा सुरज उपाध्याय, सचिवमा हरिलाल महतरा एवम्
कोषाध्यक्षमा कर्ण दयाललाई चयन गरेको छ ।
केन्द्रीय समिति सदस्यमा
भीम भारती, खोमा तरामु मगर, छत्र बहादुर बम "समग्र", सम्झना वि.क., सजना गोले, ज्ञानु केसी, कपिल सिजापती, रमेश सि बिक्रान्त, शक्तसिंह रोकाय, लोकेश जैशी, सुमन सी, ईश्वर थोकर, प्रजिना दर्नाल, प्रदीप रहाडी मगर, निसान पट्टेल निर्वाचित भएका छन् ।
त्यसै गरी तेज योन्जन, रिना बोमजन, जनक सी, प्रवीण धामी , आर पी तिमल्सिना, चन्द्रीका मोक्तान "खुशी", संगीत सी, जमुना श्रेष्ठ, शितल थोकर, राजेन्द्र साउद , बुद्धिराम भुसाल, सुर्य गोले, सिला यादव लगायतले पनि केन्द्रीय समितिको सदस्यको भूमिका पाएका छन् ।