काठमाडौं । राष्ट्रिय सभामा पनि गृहमन्त्री साँसदहरूले रमेश लेखकको राजीनामाको माग गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखकको राजीनामाको माग गरेका हुन् ।
अध्यागमनमा भएको ठूलो मानव तस्करीमा गृहमन्त्री लेखक जोडिएको आरोप लागेको भन्दै सांसद अछामीले राजीनामा माग गरेका हुन् ।
पछिल्लो घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमै राम्रो सन्देश गइरहेको छैन,’ उनले भने, ‘अध्यागमनमा भर्खरै ठूलो मानव तस्करीको घटना घट्यो । यसमा गृहमन्त्री आफैं मुछिएको घटना बाहिर आएको छ, उहाँले राजीनामा दिएर अनुसन्धानको लागि मार्गप्रशस्त गर्नुपर्छ ।’
सांसद अछामीले भ्रष्टाचारी जोसुकै भए पनि, जुन सुकै दलको भए पनि छोड्न नहुनेमा जोड दिदै यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरेर कारबाही गर्नुपर्ने माग गरे ।
सांसद गोपीबहादुर अछामी माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा सांसद हुन् ।
