काठमाण्डौ । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रूपैयाँ दिने घोषणा गरेको छ। दुर्घटनामा परेर ज्यान गुमाएका २०४ जनामध्ये प्रत्येकका परिवारलाई आर्थिक राहत स्वरूप यो सहयोग उपलब्ध गराउने समूहले घोषणा गरेको छ।
टाटा समूहले जहाज दुर्घटनामा घाइते भएकाहरूको औषधि एवम् उपचार खर्च सम्पूर्णरूपमा आफूले वहन गर्ने प्रतिबद्धता पनि जनाएको छ।
समूहले घाइतेहरूलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने र उनीहरूको शीघ्र स्वास्थ्य लाभका लागि हरसम्भव प्रयास गर्ने बताएको छ।
एयर इन्डिया टाटा समूहको स्वामित्वमा रहेको कम्पनी हो।
लण्डनतर्फ उडेको एयर इन्डियाको आई १७१ विमान अहमदाबादबाट उडेको केवल केही मिनेटमै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
जहाज दुर्घटनामा भारतका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित विमानमा सवार २०४ यात्रुको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।