Comments Add Comment

भक्तपुर दरवार स्क्वाएरमा लघुकथा पुस्तक मेला !

काठमाण्डौ । सिर्जना अभियान समाज लघुकथा पुस्तक मेला आयोजना गरेको छ । समाजले गर्दै आएको लघुकथा पुस्तक मेला दोश्रो पटक बैशाख २९ गते सोमबार भक्तपुर दरवार स्क्वायर गेटसँगै ख्वपछें रेष्टुरेन्टमा गर्ने लघुकथाकार ध्रुव मधिकर्मीले बताए । यसअघि बैशाख २७ गते मेला आयोजना गरिएको प्रचार भएपनि बैशाख २९ गते बुद्ध जयन्तीको दिन मेला आयोजना गरिएको संस्थाले जनाएको छ । 

मेलाका लागि बैशाख २५ गतेभित्र पुस्तक उपलब्ध गराउनु पर्ने आयोजक संस्थाले जनाएको छ । सहभागिता शुल्क एक थरी पुस्तकको लागि रू सय तोकिएको छ । बिहान दस बजेदेखि पाँच बजेसम्म हुने सो मेलामा १२ बजेदेखि ४ बजेसम्म तीन चरणमा पुस्तक विमोचन, कृति-विमर्श तथा विविध साहित्यिक गतिविधि राखिएको छ । आवश्यक जानकारी लागि ९८४१४७२४७७ (धुव), ९८४१८६१३३३۔इन्दिरा ) ९८४२०३२३१५ ममता ) ९८४१६०४०९ हरिगोविन्द (संयोजक) लाई सम्पर्क गर्न समेत संस्थाले अनुरोध गरेको छ । सिर्जना अभियान समाजले लघुकथा पुस्तक मेलालाई भव्यतासाथ सम्पन्न गर्न सम्पूर्णलाइ हार्दिक अपील् गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ