Comments Add Comment

ललितपुर महानगरलाई सिलिकन भ्याली बनाउने मेयर महर्जनको सपना !

काठमाण्डौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइटीको क्षेत्रमा काम गर्ने विज्ञलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आइटीका विज्ञहरुलाई महानगरपालिकाले सदैव स्वागत एवम् सम्मान गर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली बनाउने बताए । कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउन आफू लगायत आफ्नो महानगरपालिकाको सिंगो टिम लागि परेको समेत बताएका हुन् । कार्यक्रममा ललितपुर महानगरपालिका द्रुत गतिमा लागिपरेको भन्दै उनले सबै मिलेर काम गरे लक्ष्यमा पुग्न कठिन नहुने समेत बताए । उनले भने, ‘यो छिट्टै कार्यान्वयन हुन्छ । ललितपुर महानगरपालिकालाई शिक्षाको हब भन्छ । तर अब हाम्रो टार्गेट के छ भन्दा ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली बनाउनको निमित्त हामी लागि परेका छौँ । यो खासै गाह्रो कुरा होला जस्तो मलाई लाग्दैन । त्यसैले हामी आज पुरस्कृत हुनुहुने र अन्यहरुसँग पनि आइटी क्षेत्रमा सहकार्य गर्न सदा सर्वदा तयार छौँ । हामी तपाईंहरुलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्दछौँ ।’ उनले शिक्षाको हबका रुपमा रहेको ललितपुर महानगरलाई सिलिकन भ्यालीका रुपमा अघि बढाउनका लागि आइटि सेक्टरका विज्ञहरुलाई महानगरले सदैव स्वागत गर्ने समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ