Comments Add Comment

सुनको मूल्य: बिहिबार आकासियो, शुक्रबार उच्च गिरावट

काठमाडौं । शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन उच्च मूल्यको रेकर्ड बनाएको सुन शुक्रबार ह्वात्तै घटेको हो ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको छ । बिहिबारको दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो भने नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

लामो समयदेखि सुनको मूल्य अस्थिर रहँदै आएको छ । सुनको मूल्यमा कहिले ह्वात्त वृद्धि हुने र कहिले ह्वात्तै मूल्यमा ह्रास आउने हुँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ