Comments Add Comment

अमेरिकाव्यापि बन्यो प्रदर्शन, लस एन्जलसमा कर्फ्यू घोषणा

काठमाण्डौ । तोडफोड, आगजनीसहित आप्रवासनको विरोध चर्किएपछि अमेरिकाको लस एन्जलसमा प्रशासनले कर्फ्यू घोषणा गरेको छ। लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रणबाहिर जान नदिन कफ्र्यू आदेश जारी गरेको बताएका छन्।

एलए प्रहरी प्रमुख जिम म्याकडोनेलले बढ्दो अशान्ति, जिउधनको रक्षा र सम्पत्तिको सुरक्षा गर्न कफ्र्यू लगाउन आवश्यक भएको दाबी गरेका छन्।
यस्तै लस एन्जलसमा आप्रवासीमाथिको धरपकडको विरुद्धमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयर रुष्ट बनेका छन् । मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यो किसिमको निर्णय भएकोमा आपत्ति जनाएका छन्।

यस्तै क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्थिति भड्काएको आरोप लगाएका छन्।
यस्तै लस एन्जलसबाट शुरु भएको आप्रवासीको प्रदर्शन न्युयोर्क पुगेको छ । प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै न्युयोर्कमा समेत प्रदर्शन भएको छ । त्यस्तै सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ।
विरोध प्रदर्शनका कारण सडक ठप्प छ भने प्रशासन एवम् अदालतका कामकारबाही समेत प्रभावित छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ