काठमाडौं । लेखनाथ राष्ट्रिय पुरस्कार-०८१ कवि भावना खनाललाई प्रदान गरिएको छ । हरेक बर्ष लेखनाथ पौड्याल जयन्तिको अवसरमा प्रदान गरिने पुरस्कार भावसंगम कवितासंग्रहको लागि लेखक खनाललाई प्रदान गरिएको हो ।
लेखनाथ पुस्तकालय भद्रपुर, झापाद्वारा रू ४१ हजार नगद, प्रमाण-पत्रसहित खनाललाई पुरस्कृत गरिएको हो । बरिष्ट आख्यानकार कृष्ण धरावासीद्वारा पुरस्कार अर्पण गरिएको हो ।
वरिष्ठ आख्यानकार कृष्ण धरावासी, पुस्तकालयकी अध्यक्ष कवि खगेन्द्रा खुशी लगायतबाट पुरस्कार ग्रहण ।
हरेक बर्ष छन्दमा कलम चलाउने एक स्रस्टालाई पुरस्कृत गर्ने पुस्तकालयको कार्यक्रम अन्तर्गत यस बर्ष पाल्पाकी साहित्यकार भावना खनालको कविता-कृति भावसंगमलाई पुरस्कृत गरिएको आयोजक संस्था लेखनाथ पुस्तकालयकी अध्यक्ष कवि खगेन्द्रा खुशीले बताईन् ।
पाल्पा निवासी पुरस्कृत स्रष्टा भावना खनाल तानसेन बहुमुखी क्याम्पसकी उपप्राध्यापक एवम् लुम्विनी साहित्य सगंमकी अध्यक्ष समेत हुन् ।
