Comments Add Comment

सुमार्गीले तिरेनन् प्रभुको ऋण, मुक्तिश्रीको नाममा ३५ दिने अल्टिमेटम !

काठमाण्डौ । व्यवसायी अजेयराज सुमार्गीले बैंकको ऋण नतिरेको सार्वजनिक भएको छ । सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्न प्रभु बैंकले ताकेता गरेपछि यस्तो तथ्य सार्वजनिक भएको हो।

वैशाख २२ गते प्रभु बैंक लिमिटेडले ३५ दिनको समय दिएर व्यवसायी सुमार्गीको नाममा सार्वजनिक सूचना जारी गरेको छ। पटक पटक मौखिक र लिखित ताकेता गर्दा समेत सुमार्गीले पूर्ण वेवास्ता गरेको बैंकले बताएको छ।

'..सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा चुक्ता भुक्तानी हुने मितिसम्मको बैंकलाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण रकम चुक्ता फर्छ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋण, धितो सुरक्षणधनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ' बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

बैंकले ऋणी मुक्ति श्री हस्पिटालिटी प्रा.लिको नाममा सूचना जारी गरेर ३५ दिने समय दिएको हो। ऋणको संस्थागत जमानतकर्तामा मुक्ति श्री प्रा.लि र व्यक्तिगत जमानतकर्ताहरूमा अजेयराज सुमार्गी (पराजुली) र उनकी श्रीमती सम्झना अर्याल छन्।

धितोको रूपमा भने मुक्ति श्री हस्पिटालिटी प्रा.लिको नाममा रहेको काठमाडौं महानगर वडा ११ को ६ रोपनी घरजग्गा र घर जग्गाले चर्चेको क्षेत्र उल्लेख गरिएको छ। दोस्रो धितोको रूपमा मुक्ति श्री हस्पिटालिटी प्रा.लि र नेपाल चर्चिल होटेलको संयुक्त नाममा रहेको काठमाडौं ११ को अर्को २ रोपनी एक आना एक पैसामध्ये हस्पिटालिटीको हकमा रहेको हिस्साको जग्गा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ