Comments Add Comment

माधवकुमार नेपालको सांसद पद निलम्बन

काठमाण्डौं। एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो । 

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ