Comments Add Comment

भारतमा कोभिड–१९ का सक्रिय केस ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाण्डौं। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड–१९ का सक्रिय केसहरू ५ हजार नाघेका छन्। 

मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशमा कोभिड–१९ का कुल ५,३६४ सक्रिय केस पुष्टि भएका छन्।

धेरैजसो केस केरलामा पुष्टि भएका छन्। केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्।

केरलामा १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय कोभिड केस छन्।


मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ जनाको मृत्यु भइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ