Comments Add Comment

दोस्रो एनपीएलमा करण केसीसहित ६ खेलाडी काठमाडौँ गोर्खाजमै रहने

काठमाण्डौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणकामा काठमाडौँ गोर्खाजले अघिल्लो सिजनका ६ खेलाडीलाई निरन्तरता दिने भएको छ। 

काठमाडौँले शनिबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो।

काठमाडौँले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो।

एनपीएल २०२५ का लागि आगामी अगस्टमा मिनी अक्सन हुने तय छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ