Comments Add Comment

आज प्रज्ञा भवनमा जनमुक्ति-नागरिक उन्मुक्ति पार्टीबीच एकता !

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभाको पहिलो दिन नै रमाईलो भएको छ । पार्टी घोषणासभा कार्यक्रममा प्राविधिक समस्या देखिएको हो । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनको हल बुकिङमा कमजोरी हुँदा सहभागीहरूले प्रवेश नै पाएका छैनन् भने घोषणासभा कार्यक्रम नै अनिश्चित जस्तो बन्न पुगेको छ । आयोजकले समयमा हल बुकिङ नगरी घोषणासभाको कार्यक्रम राखिएकोले यस्तो हुन पुगेको हो । आयोजकले हल बुकिङ्ग प्रक्रिया पूरा नगरी सहभागीहरू त्यहाँ पुग्दा हलको ढोका नै नखुलेको हो । हल प्रवेश गर्ने ढोका नखुल्दा सहभागीहरू बाहिरै भएका छन् । प्रज्ञा स्रोतका अनुसार आयोजकले हल प्रयोग गर्ने भनेर मौखिक जानकारी गराएपनि भाडा तिर्नेलगायतका प्रक्रिया पूरा नगर्दा ढोका खुला नगरिएको हो । जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले हल बुकिङको प्रक्रिया पूरा गर्न केही प्राविधिक कमजोरी भएको स्वीकारेका छन् । उनले पर्यटन राज्यमन्त्री अरुण चौधरीले हल बुकिङको जिम्मा लिएको बताउँदै केही कमजोरी भएपनि अब छिट्टै प्रक्रिया पूरा गरेर सोही हलमा कार्यक्रम गरिने उनले बताए । हल बुकिङमा नै समस्या हुँदा ११ बजे हुने भनिएको दुई पार्टी वीचको घोषणा सभा सुरु हुन ढिलाइ भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ