Comments Add Comment

बढ्यो नेप्से

काठमण्डौं। बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको थियो। सो पछि आज नेप्से उच्च अंकले बढेको हो। नप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि बढेको छ। मंगलबार आठ अर्ब ७४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १० अर्ब ५१ करोडको कारोबार भएको छ।

कुल कारोबारमध्ये जलविद्युत कम्पनीहरूको मात्रै सात अर्बको सेयर किनबेच भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ