Comments Add Comment

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भए किशोर

काठमाण्डौं। कालिकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा एक किशोर नुहाउने क्रममा वेपत्ता भएका छन्। नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट बैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ। उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ। सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ