Comments Add Comment

नागढुंगामा प्रहरी कुटपिट गरेको घटनामा छानबिन गर्न समिति गठन

काठमाण्डौं। काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानमाथि कुटपिट गरेको घटनामा छानबिन समिति गठन भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन भएको हो।

काठमाडौं उपत्‍यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डिएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर यस समितिमा सदस्य छन्। उनीहरूले घटनाबारे के भएको हो भन्नेबारे छानबिन गर्नेछन्। बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्‍टर जितेन्द्रकुमार साहले प्रहरी जवान मदन खड्कामाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

यस भिडिओ आएपछि दुबै जनाको जिम्मेवारीबाट खोसेर छानबिन प्रक्रिया अघि बढाएको हो। इन्स्पेक्टर साहले जवानले नागढुंगामा आउँदै गरेको भारतीय गाडी चालकसँग लेनदेन गरेको आरोप लगाएको प्रहरी स्रोतले बतायो। ‘उनले गाडीका चालकसँग लेनदेन गरेको देखेर कुटपिट गरेको भनेका छन्,’ उनले भने, ‘तर जवानले त्यसलाई अस्वीकार गरेका छन्। छानबिन समिति बनेको छ। त्यसबाट केही खुल्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ