Comments Add Comment

लिग २ अन्तर्गत आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाली टोली

काठमाण्डौं। आईसीसी विश्वकप लिग २ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ।

स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल सम्मिलित लिग२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो।

स्कटल्यान्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ।

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध चमत्कारिक जित निकालेको थियो। नेदरल्यान्ड्सविरुद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ। 

स्कटल्यान्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएईको ६ अंक छ।

२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको   नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ। 

चौथो स्थानको स्कटल्यान्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ