Comments Add Comment

प्रगतिशील लेखक संघ लुम्बिनीको अध्यक्षमा डा मुरारि पराजुली, पद्मप्रसादलाई प्रलेस सम्मान !

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ नेपालको तेस्रो लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले डा. मुरारि पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ ।
दाङको लमहीस्थित सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानमा भएको अधिवेशनबाट उपाध्यक्षमा क्रमशः गणेशा शाह विष्ट र ध्रुव गिरी निर्वाचित हुनु भएको छ । सचिवमा गोविन्द खड्का, सहसचिवमा सुन्दर गुरुङ्, कोषाध्यक्षमा सीता ढुङ्गाना काफ्ले निर्वाचित हुनु भएको छ ।
कार्यसमिती सदस्यमा गणेश घिमिरे, कृष्ण डाँगी, वसन्त पुनमगर, सन्तोष घिमिरे, सूर्यप्रसाद न्यौपाने, दया दर्लामी, टंकप्रसाद आचार्य, भरत रानाभाट , खोपीराम ओली , देवेन्द्र कुँवर , पुरण शर्मा, केशव बेल्वासे, टेकराज भुसाल निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरी, प्रा.डा. कपिलदेव लामिछाने, केन्द्रीय सचिव दलबहादर गुरुङ्, केन्द्रीय सल्लाहकार पदंप्रसाद शर्मा, केन्द्रीय सल्लाहकार मीना तिमिल्सिना एवम् रुपन्देही प्रलेसका अध्यक्ष कृष्ण गाउँलेले शुभकामना दिनु भएको थियो ।
अधिवेशनले लुम्बिनी प्रदेशको अध्यक्ष पङ्कज कुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शशिराम कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर छलफल र केही सुझावका साथ पारित गरेको थियो ।
अधिवेशनले सात बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
कार्यक्रमको सञ्चालन पदंप्रसाद शर्माले गरेका थिए भने विशेष पहलकदमी, सहजीकरण र समन्वयको भूमिका केन्द्रीय सचिव डि.बि. गुरुङ्ले गरेका थिए ।
प्रलेस लुम्बिनीका संस्थापक अध्यक्ष पद्मप्रसाद शर्मालाई प्रगतिवादी आन्दोलनमा लामो समय योगदान गरेकाले सम्मानपत्रले सम्मान गरिएको थियो भने पूर्व अध्यक्ष केशव थापालाई समेत सम्मान गरिएको थियो ।
सम्मानित शर्माले आफूले प्रगतिवादी साहित्यमा गरेको लगानी खेर नगएको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ