Comments Add Comment

शिक्षक-सरकार वार्ता निष्कर्षहीन, अब कस्तो हुन्छ शिक्षक आन्दोलन ?

काठमाण्डौ । नेपाल सरकार र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच मंगलबार साँझको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति नजुटेपछि विना निश्कर्ष टुंगिएको हाे । मंगलबार शिक्षा मन्त्रालयमा आयोजित वार्तामा शिक्षामन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधि सहभागी थिए । दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । 'हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं,’ वार्तापछि मन्त्री पन्तले भने । यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले बुधबार मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै भोलि बेलुकीसम्म सबै सार्वजनिक गर्ने दावी गरेका छन् । मंगलबार साँझको वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी भएको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ