Comments Add Comment

प्रिसा साहको मृत्युप्रकरण छानविनका लागि परराष्ट्रद्वारा कूटनीतिक पहल

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वर स्थिति केआईआईटीमा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युको छनाविनका लागि परराष्ट्र मन्त्रालयले कूट्नीतिक पहल थालेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताउँदै सो घटनाबारे सत्यतथ्य पत्ता लगाउन आवश्यक पहल थालिसकेको समेत बताएकी छन् । सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री राणाले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी हुन् । वीरगञ्जको पर्सा घर भएकी प्रिसा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । अहिले प्रिसाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । शुक्रबार प्रिसाको परिवारका सदस्यहरु ओडिसा पुग्ने छन् भने उनीहरु पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । बीरगञ्जबाट प्रिसाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेको बताईएको छ । यसअघि फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलको कोठामा मृत फेला परेकी थिइन् । दुई महिना नबित्दै बिहिबार अर्की नेपाली विद्यार्थी सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ