काठमाण्डौ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले विश्वभाषा क्याम्पसमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी दिवसको अवसरमा बिहिबार रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटा, उपाध्यक्ष दीपा जैशी, महासचिव रोशन थापा, उपमहासचिव निर्मला गौतम, सचिव समकृति पुनलगायत काठमाण्डौमा उपलब्ध अखिल (क्रान्तिकारी ) केन्द्रीय समितिका पदाधिकारी, सचिवालय एवम् केन्द्रीय समितिका सदस्यले रक्तदान गरेका थिए । जिल्ला समिती काठमाण्डौको व्यवस्थापनमा गरिएको रक्तदान कार्यक्रममा काठमाण्डौ उपत्यकाभित्रका विद्यार्थी समेत सहभागी भएका थिए ।
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, पञ्चा सिंहले समेतले रक्तदान गरेका छन् । बिहान ११ बजे रक्तदान कार्यक्रमको आरम्भ भएको थियो ।
